काठमाण्डौ चैत्र १ गते । रातो तारा डट कम,राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५ सर्वसम्मतबाट पारित भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले प्रस्ताव गर्नुभएको नियमावली राष्ट्रियसभाकोे बैठकबाट पारित भएको हो ।
यसअघि नियमावली संशोधनकर्ता सांसद डा विमला पौडेलले आफ्नो संशोधनको प्रस्ताव फिर्ता लिनुभएको थियो । नियमावलीमाथिको दफावार छलफलमा भाग लिँदै सांसद रामप्रीत पासवान र रामलखन चमारले संविधानको भावनानुसार समानुपातिक समावेशी प्रतिनिधित्वमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

Post a Comment