Websoft University

ग्रामथानमा पोषण सम्बन्धि अभिमुखिकरण तथा पोषकतत्व वितरण कर्यक्रम सम्पन्न


शिव भट्टराई सुनसरी फागुन ३० गते । रातो तारा डट कम,
मोरङ्गको ग्रामथान गाउँपालिका वडा नं. १ स्थित स्वासथ्य चौकि लखनतरि  को आयोजनामा ६ देखी २३ महिना सम्मको बालबालिकाका आमाहरुलाई पोषण सम्बन्धि अभिमुखिकरण तथा पोषकतत्व वितरण कार्यक्रम सम्पन्न भएको छ ।


ग्रामथान गाउँपालिका तेतरीया मोरङ्गको आ.व. २०७५।०७६ मा ५ वर्ष मुनि रहेका लक्षित जनसँख्याहरुलाई स्कृनिङ्ग गर्दा ८७ जना बालबालिकाहरुलाई शिर्घ कुपोशित देखिएकोमा  स्वास्थ चौकिका प्रमुख सबरुन नेसाले गाउँपालिका वडा नं.१ को आ.व. २०७५।७६ मा ५ वर्ष मुनि रहेका ४६६ जना लक्षित बालबालिकाहरुको पोषण अवस्थामा सुधार ल्याउन तथा स्वास्थ समृद्ध ग्रामथान गाउँपालिका वडा नं.१ का कुपोषणमा परेका बालबालिकाहरुलाई कुपोषण मुक्त्त गराउन टेवा पुगोस भन्दै  कार्यक्रमकोे उद्देश्य बारे प्रश्षट पारेका थिइन् ।

सो कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ का समाजिक बिकाश मन्त्रालयका जनस्वास्थ अधिकृत वृज कुमार दास रहेका थिए भने विशिष्ट अतिथीमा तेह्रथुम जिल्लाका स्वास्थ प्रमुख योग राज घिमिरे त्यसैगरी अतिथीहरुमा ग्रामथान गाउँपालिकाका स्वास्थ साखा सह संयोजक कल्पना घिमिरे रहेका थिए ।

सो कार्यक्रममा पोषण तथा पोषकतत्व सम्बन्धि अभिमुखिकरणको प्रशिक्षक मोतिपुर स्वास्थ्य चौकि  प्रमुख मात्रिका उप्रेती , सन्ता दाहाल तथा स्वास्थ चौकि का अन्य स्वास्थ्य कर्मि  द्धरा प्रशिक्षण गरीएका थिए । कार्यक्रमको अध्यक्षता गरीएका तथा ग्रामथान गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नमोनरायण माझिले मन्तव्यमा आफुहरुले बनाएको बाटो घाटो, पुल पुलैसा विकाश मात्र नभई कुपोषणमा परीएका बालबालिकाहरुलाई कुपोषोण मुत्त गराउनु पनि एक महत्पुर्ण विकाश हो भन्दै स्वास्थ चौकिका प्रमुखलाई सह धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

भने सो कार्यक्रममा ६ महिना देखी २३ महिना सम्मको ८० जना  बालबालिकाका आमाहरुलाई पोषकतत्व वितरण गरीएको स्वास्थ चौकि लखनतरीका स्वास्थ प्रमुख सबरुन नेसाले जानकारी दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.