श्याम राई-गाईघाट,फागुन २९ गते । रातो तारा डट कम,
गाईले घिसारेर तान्दा उदयपुरको कटारीमा एक बालकको मृत्यु भएको छ ।
बालकको कम्बर र गाईको पुच्छरमा बाँधिएको एउटै डोरी तानातान हुँदा कटारी नगरपालीका ८ थलियाका तिल बहादुर मगरका ५ बर्षिय छोरा आयुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक केहि साथिहरु सँग शनिबार घरदेखि केहि पर गोठालो गएका थिए । उनका साथी १२ बर्षका दिबस मगरले आयुषको कम्बर र गाईको पुच्छरमा डोरी बाँधिदिएका थिए ।
पुच्छरमा डोरी बाँधिएपछि तर्सिएर भागेको गाईले घिसार्ने क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यलय कटारीका डिएसपी धु्र्र्रव कुमार श्रेष्ठले बताए ।
प्रहरीले दिवसलाई पक्राउ गरी अनुसन्धान गरीरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख एसपी चन्द्र देव राईले घट्नाको अनुसन्धान भैरहेको बताए । “डोरी बाँधिदिने बालक लाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेकोे
छ ।” एसपी राईले भने ।
Post a Comment