विराटनगर, फाल्गुन २९ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ ।
१ नम्बर प्रदेश सरकारबाट बहुबर्षीय बजेट ब्यवस्था भए अनुसार आर्थीक बर्ष ०७५/०७६ मा रु ५ करोड बजेट बिनियोजित भई सम्झौता भएको मितिले २ बर्ष भित्रमा १६ हजार १ सय २१ स्क्वायर फिटमा ५ तले सुबिधा युक्त कार्यालय भवन निर्माण सम्पन्न हुने गरी आज प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री शेरधन राईले एक समारोहका विच शिलालेख अनावरण गरी विधिवत रुपमा शिलान्यास गर्नु भएको हो ।
साथै प्रमुख अतिथी माननीय मुख्य मन्त्रीज्यूले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ वटा चार पाङग्रे गाडी र २०० वटा मोटरसाईकलको रिवन काटेर परिचालन शुभारम्भ समेत गर्नु भएको हो । साथै कार्यक्रममा प्रदेश प्रहरी कार्यालय भवनको डिजाईन तयार गर्नु हुने आर्किटेक्ट ईन्जिनियर श्री कंचन विष्ट रानाज्यूलाई सम्मान पत्रबाट सम्मान गर्नु भएको थियो ।
सम्मान कार्यक्रम पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वहाँले सुरक्षा अवस्था मजबुत नभएसम्म बिकास निर्माणलाई अगाडी बढाउन नसकिने धारणा राख्नु हुँदै प्रदेश सरकारले पहिलो प्राथामिकतामा सुरक्षा ब्यबस्था बलियो बनाउने नीति रहेको बताउनु भयो ।
सुरक्षा ब्यवस्था मजबुत नभएसम्म आम नागरीकहरुले सुरक्षा प्रत्याभुती गर्न नसक्ने हुँदा सबैले सुरक्षाको प्रत्यक्ष अनुभुती पाउने गरी नागरीक मैत्री सुरक्षा ब्यबस्थालाई अवलम्बन गरीएको पनि प्रस्ट पार्नु भयो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी प्रहरी नायव महानिरीक्षक केदार रिजालज्यूले स्वागत मन्तब्य राख्नु हुँदै सुरक्षा पहिलो र आधारभुत सर्त रहेको बताउदै आन्तरिक शान्ति सुरक्षाको अग्र भागमा रहने नेपाल प्रहरीलाई चुस्त दुरुस्त र प्रबिधीमैत्री बनाउन भौतिक पुर्वाधार लगाएतका श्रोत साधनहरुको पनि त्यतिकै आवश्यकता रहेको हुँदा प्रदेश सरकार बाट नेपाल प्रहरीलाई भौतिक पुर्वाधार युक्त बनाउने नीति अत्यन्तै सान्दर्भीक रहेको बताउनु भयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मत बहादुर कार्कीज्यूले सुरक्षा ब्यबस्था मजवुत भएमा मात्र समृद्धी तर्फ अगाडी बढ्न सकिने तथ्यलाई प्रदेश सरकारले आत्मसाथ गरेको धारणा राख्नु भएको थियो । यसैगरी प्रदेश सभाका सभामुख माननीय प्रदिप कुमार भण्डारीज्यूले आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन रहने प्रहरी कर्मचारी भौतिक रुपमा सम्पन्न हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी लगायत सम्पुर्ण आमन्त्रीत अतिथीहरुलाई धन्यवाद ज्ञापन गर्नु हुँदै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूले जहाँ सुरक्षित वातावरण छ त्यहाँ बिकासका कामहरु धमाधम हुने हुँदा कुनै पनी अवैध किसिमका क्रियाकलापहरु क्षम्य नहुने बताउनु भयो ।
प्रहरीलाई सुबिधा सम्पन्न बनाउने प्रदेश सरकारको नीतिलाई शिरोपर गर्दै सुबिधा सम्पन्न भवन निर्माणले प्रहरी कर्मचारिहरुमा काम गर्ने थप हौसला प्रदान गर्ने बताउदै प्रदेश सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । वाहाँले सुरक्षा ब्यबस्थालाई मजबुत बनाउन प्रदेश सरकारबाट पाएको सामिप्यता र अबिभावकत्व आफुले पनि मनन गरेको हुँदा बिकास निर्माण लगायतका सम्पुर्ण कार्यहरुमा आवश्यकता अनुसार सुरक्षा ब्यबस्था प्रदान गर्न निर्देशन समेत दिनु भयो।
कार्यक्रममा १ नम्बर प्रदेशका माननीय मन्त्री ज्यूहरु, प्रदेश सभाका माननीय सदस्य ज्यूहरु, जिल्ला समन्वय समितीका सभापति, प्रदेश प्रमुख सचिवज्यू, मुख्य न्यायधिवक्ताज्यू, प्रदेश कानुन मस्यौदा आयोगका अध्यक्षज्यू, अन्य सुरक्षा निकायका प्रदेश प्रमुखहरु,प्रदेश मन्त्रालयका सचिव ज्यूहरु, प्रमुख जिल्ला अधिकारी ज्यूहरु, स्थानीय तहका प्रमुख तथा उप-प्रमुख ज्यूहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी ज्यूहरु, संचारकर्मी ज्यूहरु, उद्योगी, व्यवसायी, शिक्षक, बिद्यार्थी लगायत करिव ४०० जनाको उपस्थिती रहेको थियो ।
Post a Comment