श्याम राई-गाईघाट,फागुन २९ गते । रातो तारा डट कम,
उदयपुरगढी गाउँपालीका ६ नेपालटार बजारमा मंगलबार विहान जेसीवी दुर्घटना हुँदा सहचालक घाईते भएका छन्।
बाटो खन्ने क्रममा ज १ ब ७४५ नम्बरको जेसीवी माथि रुख ढलेर खस्दा सहचालक जिवन मगर घाईले भएको प्रहरीले जनाएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार नजिकको साहायक मार्ग भुतियामा भएको उक्त दुर्घटना बाट जेसीवी समेतलाई क्षति पुगेको प्रहरी हबल्दार भोली यादवले बताए ।
हात भाँचिएर घाईते भएका सह चालक मगर को नेपालटार स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।
Post a Comment