Websoft University

५ ओैं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको बेलुन र शान्तिको प्रतिक परेवा उडाएर उद्घाटन भयो



विराटनगर,फागुन २८ गते । रातो तारा डट कम,
नेपालमा पहिलो पटक आयोजना गरिएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको विराटनगरमा मंगलबार पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उद्घाटन गरेका हुन् । बेलुन र शान्तिको प्रतिक परेवा उडाएर पाँचौं संस्करणको साफ च्याम्पियनसिप को उद्घाटन गरिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालमै पहिलो पटक आयोजना गरिएको साफ सम्पन्न गर्ने जिम्मा दिएपछि विराटनगरले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाएको हो ।

उद्घाटनमा मुलुकका सातवटै प्रदेशका संस्कृति झल्कने नृत्य पनि प्रस्तुत गरिएको थियो । विभिन्न जातजातिका भेषभुषामा सजिएका विराटनगरमा अध्ययनरत विद्यार्थी कलाकारले नृत्य प्रस्तुत गरिरहँदा उद्घाटन समारोह थप रोमाञ्चक बनेको
थियो । साकेला, मैथिली सामा चखेवा, तामाङ सेलो, पश्चिमको टप्पा, मारुनी, थारुहरुको साकिया पैंया, गुरुङ समुदायको झोडा समेतका नृत्य प्रस्तुत गरिएका थिए ।

एन्फाका प्रवक्ता एवं साफ प्रचारप्रसार समितिका संयोजक किरण राईले आयोजनालाई अवसरका रुपमा सदुपयोग गरिने बताए । उनले विवादरहित ढंगबाट साफलाई भब्य र सफल रुपमा सम्पन्न गरेर मुलुकको छवि उच्च बनाउनेतर्फ एन्फा केन्द्रीत रहेको जानकारी दिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली टिमलाई विजयको शुभाकामना दिए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मुलुकमै पहिलो पटक आयोजना भएको प्रतियोगिता मोफसलले गर्न पाउनु महानगरका लागि पनि गौरवको विषय भएको बताए ।

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले मुलुकमा भएको राजनैतिक स्थिरताले महिला फुटबलकै इतिहासमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न सकिएको बताए । प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउन प्रदेश सरकार लागि परेको उनको भनाइ छ ।

‘प्रदेश १ लाई सबै खेलकुदको राजधानीका रुपमा स्थापित गराउन पहल थालिने छ,’ मुख्य मन्त्री राईले भने, ‘पाँचौं महिला साफ च्याम्पियनसिपलाई यसको सुरुवातका रुपमा लिनु पर्छ ।’ एन्फासँग समन्वय गरेर अन्तर्राष्ट्रिय स्तरकै फुटबलका ठूलो प्रतियोगिता आयोजना गरिने उनको भनाइ
छ ।

प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले नेपाली महिला टोलीले फुटबलमा नयाँ रेकर्ड कायम गर्दै लगेकोमा प्रसंशा गरे । उनले मोफसलमा पहिलो पटक आयोजना भएको प्रतियोगिता विशिष्ट र ऐतिहासिक भएको बताए । फुटबललाई मुलुकको विकास र समृद्धिसँग जोडेर हेरिएको उनको भनाइ छ ।

दाहालले फुटबलले स्वस्थ्य नागरिक उत्पादन गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाउने काम गर्ने पनि बताए । ‘२१ औं शताब्दीमा मानव जातिको समृद्धिका लागि खेलको सहारा लिइएको छ,’ उनले भने, ‘महिला खेलाडीको सक्रियता र पहल कदमीलाई उच्च मूल्यांकन गरिने छ ।’

महिला फुटबलरले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउँदै लगेको भन्दै दाहालले नेपाली टोलीलाई विजयको अग्रिम शुभकामना पनि दिए । व्यक्तिलाई स्वास्थ्य रहन र अनुसासित बन्न तथा मुलुकमा समृद्धि ल्याउन, सामाजिक सद्भाव कायम राख्न एवं अन्तर्राष्ट्रिय सम्बन्ध मजवुत बनाउन खेलकुदको भूमिका महत्वपूर्ण रहने उनले बताए । जगैदेखि खेलकुदको विकास गर्ने कार्यक्रम सञ्चालन गर्न उनले सरकारलाई आग्रह पनि गरे ।

दाहालले सामाजिक जीवनको अभिन्न अंगका रुपमा खेलकुदलाई विकास गर्न सकिए मात्रै राष्ट्र मजवुत हुने धारणा राखे । ‘मेरो राजनीति बाहेकको अभिरुचीमा खेलकुद र संस्कृतिक अभियान पर्छन,’ उनले भने, ‘त्यही भएर राजनीतिपछि खेलकुदको विकासमा म सधैं सक्रिय भएर लागिरहन्छु ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.