Websoft University

नेकपा अध्यक्ष प्रचण्डले अधिकारीका परिवार भेटे


काठमाण्डौं,फगुन १७ गते । रातो तारा डट कम,नेकपा अध्यक्ष प्रचण्डले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेट्नुभएको छ । हिजो ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रचण्डले अधिकारीका श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको बताउनुभएको छ । प्रचण्डले आज बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ नै मन्त्री अधिकारीका परिवारलाई भेट्नुभएको थियो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.