Websoft University

उदयपुरमा ट्याक्टर दुर्घटना २ जनाको मृत्यु ६ घाइते


उदयपुर, फाल्गुन ८ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका-१४ मा बुधवार ट्याक्टर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

साउने-गाईघाट सडक खण्डमा दिउँसो साढे २ बजे तेजपत्ता बोकेर गाईघाट आउँदै गरेको ना ५ त ६७६२ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो । दुर्घटनामा ट्याक्टरका चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१५ खाँबु बस्ने बर्ष २७ को दुर्गा बहादुर मगर र सोही ट्याक्टरमा सवार रौतामाई गाउँपालिका-५ आँपटार बस्ने बर्ष ४३ को दिल बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यसैगरी ट्याक्टरमा सवार रहेका अन्य ६ जना घाइते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाईएको छ उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.