Websoft University

राष्ट्रियसभाबाट, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित


काठमाण्डौं,माघ १८ गते । रातो तारा डट कम, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बीच राष्ट्रियसभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई पारित गरेकोछ । हिजो बसेको राष्ट्रियसभाको बैठकले प्रतिपक्षी दलका सांसद्ले उठेर विरोध जनाईरहेकै बेला बहुमतको आधारमा विधेयक पारित गरेको हो ।

अनसनरत डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै काँग्रेसका सांसदहरूले उठेर विरोध गरेका थिए । बैठकको सुरुमै काँग्रेस सांसद जितेन्द्रनारायण देवले डा गोविन्द केसीसँगको सहमति कार्यान्वयन नभएसम्म सदनको कारबाही अघि नबढाउन ध्यानाकर्षण गराउनु भएको थियो ।

सरकार आफैले गरेको सम्झौता कार्यान्वयन नहुँदा जनतामा नकारात्मक सन्देश जाने भएकाले सहमति, सम्झौता पालनामा नैतिकता देखाउन उहाँले सरकारसँग आग्रहगर्नुभयो । काँग्रेसका सांसदहरूले उठेर विरोध गरे पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नु भएको थियो ।

विधेयकमाथि दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भए पनि ती प्रस्ताव बहुमतले अस्विकृत गरेकोछ । पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा लागूहुनेछ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.