Websoft University

भलिबल खेल सेमिफाईनलमा पुग्यो


काठमाण्डौं,माघ १८ गते । रातो तारा डट कम,दिवाकर स्मृति राष्ट्रिय भलिवल प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ । हिजो भएको क्वाटरफाईनल खेलमा नेपाल पुलिस, चुलो भलिवल क्लव, सशस्त्र प्रहरी र नेपाल आर्मी विजयी हँुदै सेमिफाईनलमा पुगेका छन् ।

पहिलो खेलमा पुर्वाञ्चल भलिवल क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लवलेसेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । दोेश्रो खेलमा चितवन जिल्ला भलिवल संघलाई ३–१ को सेटमा पराजित गर्दै चुलो भलिवल क्लव नारायणगढ सेमिफाईनलमा प्रवेश गरेको छ ।

काभ्रे भलिवल क्लवलाई ३–० सेटमा पराजित गदै सशस्त्र प्रहरी बल एपीएफले पनि सेमिफाईनलमा स्थान वनाएको छ । त्यस्तै प्रदेश नम्बर ४ लाई ३–० को सेटमा पराजित गर्दै नेपाल आर्मी पनि सेमिफाईनलमा पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.