Websoft University

खुकुरी प्रहार हुँदा १ जनाको मृत्यु २ घाईते

झापा, पौष ५ गते । रातो तारा डट कम,झापाको अर्जुनधारा नगरपालिका-१० चुथाईमा खुकुरी प्रहार हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । आज बिहान साढे ५ बजेको समयमा सोही स्थान बस्ने बर्ष ४४ को खडानन्द पौडेलले आफ्नो छिमेकी बर्ष २४ कि जमुना ओझा र जमुनाकै  घरमा सुतेकी निजको छिमेकी  बर्ष २१ कि विना भारती लाई खुकुरी प्रहार गरेर फरार भएका थिए ।

घटनाबारेमा प्रहरी चौकी शनिश्चरेमा जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर दुवै घाईते लाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । साथै खुकुरी प्रहार गर्ने खडानन्द पौडेलको खोजीकार्य गर्दा आज बिहान साढे ८ बजेको समयमा जमुना ओझाको घरदेखि २० मिटर पुर्व तर्फ खुकुरी सहित  मृत अवस्थामा फेला परेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली खटी गई अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.