काठमाण्डौं,माघ ५ गते । रातो तारा डट कम,पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा रोकिराखेको बसमा ट्रक ठोक्ँिकदा तीन जनाको मृत्यु भएको छ । काठमाण्डौँबाट झापाको पशुपतिनगर जाँदै गरेको ना ४ ख ९७५४ नम्बरको बसलाई ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
आज बिहान २ बजेतिर बस बिग्रिएपछि रोकेर मर्मत गरिरहेका बेला ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा बसका यात्रु इलामका २७ वर्षीय गोबिन्द साउदेन, सुनसरीको ईटहरी उपमहानगरपालिका १६ का ३० वर्षीय विनिता राई र ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका १९ इनर्वाका अन्दाजी ३५ वर्षीय रहिम मियाँ रहनु भएको छ ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । दुर्घटनामा नुवाकोटको विदुर नगरपालिका–१३ का ३५ वर्षीय दावा तामाङ, बसका चालक झापाको अर्जुनधारा नगरपालिका ६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र बसका सह–चालक उदयपुरको कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकारी घाइते भएका छन् ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिनुभयो ।
Post a Comment