Websoft University

सवारी दुर्घटनामा ५ जना घाईते


झापा,माघ ५ गते । रातो तारा डट कम,झापाको बिर्तामोड नगरपालिका-२ रामचोक स्थित महेन्द्र राजमार्गमा सवारी दुर्घटना हुदा ५ जना घाईते भएका छन ।

शुक्रबार साँझ ६ बजेको समयमा दमकबाट बिर्तामोड तर्फ आउदै गरेको बा १७ च १४९३ नम्बरको कारले बिपरित दिशा तर्फ जादै गरेको को ३४ प ९९०८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सोही स्कुटरको पछाडी बिर्तामोडबाट दमक तर्फआउदै गरेको मे १ ख १७३३ नम्बरको बससँग
उक्त कार पुनःठक्कर खाएको थियो ।

दुर्घटबनामा परेर स्कुटर चालक जिल्ला सिरहा बन्दिपुर-२ बस्ने वर्ष ३४ को  मेख बहादुर दाहाल, कार चालक झापा मेची नगरपालिका-१० बस्ने वर्ष ५६ को कमल कोइराला, कारमा सवार सोही स्थान बस्ने वर्ष ४१ को गोपाल चुडाल, वर्ष ४९ को श्याम न्यैपाने, वर्ष ५१ को ईन्द्र बुढाथोकी घाईते भएका छन ।

घाईते भएका सबैजनाको  बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ भने कार, बस र स्कुटर ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.