Websoft University

अरूण-३ को निमार्ण सम्बन्धि काम धमाधम हुँदै- आयोजनाले नेपाली उत्पादनलाई पनि प्रथमिक्ता दिने



 बिराटनगर, माघ ५ गते । रातो तारा डट कम,मकालु गाउपालिका-३, अरूण-३ को बन्दै गरेको ड्याम्म साइडको सुरुङ भित्र ३६८ मि. सम्मै पुगेर बिराटनगर बाट गएको पत्रकारहरूको टोली फर्ता भएको थियो ।

 त्यसैगरी चिचिला गाउपालिका-२,पुकुवामा अरूण-३ कै बन्दै गरेको पावर हाउस,सो ठाउ देखि च्याङकुटि सम्म २९ कि.मी. बाटो आयोजनाले बनाउदै गरेको समेत श्री एस के शर्मा (आोजना प्रमुख-इन्जिनियर) पवन बर्मा (सि पि ओ) को नेत्रित्वमा माघ ३ गते अनुगमन सकेर माघ ४ गते सुक्रवार तुम्लिङटारमा आयोजना प्रमुख समेतले संखुवासभा महासंघ सभापति इन्द्र गिरी, मोरङका बन्धु पोखरेल समेत पत्रकारको टोलीलाई  एक कार्यक्रमका साथ सबैलाई धन्यवाद दिदै बिधाइ गर्नु भए थियो ।
   ( तुम्लिङटारमा आयोजना प्रमुख संग )
अहिले आयोनाको काम धमाधम भइरहेको छ । सबैलाईमुआब्जा दिनेकाम सके पछि, हाल २४ सय कर्मचारी  मजदुर मध्ये १७ सय नेपाली समेतले काम गरिरहेकाे आयोजनाका (सि पि ओ)पवन बर्माले रातो तारा डट कम का सम्पादक तेजेन्द्र बहादुर भण्डारी लाई जानकारी दिनु भएकोछ।
५ सय ९ मिटर मध्ये ड्रेेेन  जम्बो मेसिनले हाल सम्म ३सय ६८ मि, सुरुङ पुर्याइसकेको बाकी काम धमाधम हुदै...

आयोजनाले नेपाली उत्पादनका निमार्ण सामाग्री र खांध पदार्थ लाई वढी खपतको प्राथमिकतामा राखेको समेत पवन बर्माले बताएका छन ।

नेपाल- भारत सरकारको सम्जोै अनुसार बिस्थापित र आयोजना प्रभावित क्षेत्रमा परेकालाई तालिम,२० युनिट बिजुली नि:सुल्क रोजगारीका अबसर दिने जस्ता कुरा लागू भइरहेको बताएका छन।

कर्यक्रममा पत्रकार टोलिका नेता तथा मोरङ पत्रकार महासंघका सभापति बन्धु पोखरेल आफना कुरा राख्दै
आयोजकहरूलाइ धन्यवाद दिनु हुँदै यो सबै कुरा मिलाइ सहयोग गर्नु हुने पर्यटन व्यबसायि पुन्य प्रसाद भट्टराई लाइ टोलिका तर्फबाट धन्यवाद दिनु भएको थियो।

अरूण-३ मकालु-३, र चिचिला-२ मा पर्ने आयोजना काठमाडौ बाट ६सय ५० किमी को दुरीमा रहेको छ भने,यो आयोजना बाट ९००,मेगावाट बिजुली उत्पादन हुनेछ।

उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडि ढल्केबर सबस्टेशनमा जोडेर नेपाल देखि भरतको सीमामा सम्म २१७ किमी ट्रान्समिटर लाई बनाइ भारतको मजफपुर पुर्याउने बताइएको छ।

नेपालले बिधुत उत्पादन बापतको बिधुत २५ वर्ष सम्म ढल्के  बाट पाउने -पहिलो चरणमा २१.९,प्रतिशत पाउनेछ। बिधुत रोएल्टी १५ वर्ष सम्म ७.५ प्रतिशत १०वर्ष सम्म १२ प्रतिशत पाउनेछ र २५ वर्ष पछि आयोना नेपाल सरकारलाइ  हस्तान्तरण हुनेछ।

२५ वर्ष मा नेपालले ३३ हजार ८ सय ६६ करोड फाइदा लिनेछ । जम्मा २५ वर्षमा यो आयोजनाले ४ अर्व १८ लाख युनिट बिजुली उत्पादन गर्नेछ । २०२२को सेक्टरमा काम सम्पन्न गरि उत्पादन सुरु गर्नेछ ।

RC suleria- ले दिएको जानकारी अनुसार सुरु देखि काम सकिदा सम्म रू १ सय २० अर्व खर्च हुनेछ । अहिले आयोजनाको काम २५,प्रतिसत सकिएको जनाएको छ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.