मोरङ माघ ६ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका शनिबार मोटरसाइकल दुर्घटना भएँको छ । उक्त मोटरसाइकल दुर्घटनामा परी को १४ प ९२०५ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैंचा–१० का १९ वर्षीय आकाश खत्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाइकल बा. १५ च ४०५० नम्बरको कारमा ठक्कर खाँदा खत्री बीच सडकमा लडेका थिए । बीच सडकमा लडेका खत्रीलाई विपरीत दिशातिर गइरहेको मे १ ख २६६६ नम्बरको बसले ठक्कर दिँदा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । कार तथा बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Post a Comment