Websoft University

कलाकार दिनेश कोइरालाको नयाँ म्यूजिक भिडियो “माया हे माया” सार्वजनिक


शिव भट्टराई - सुनसरी  माघ ६ गते । रातो तारा डट कम, मोडल तथा कलाकार दिनेश कोइरालाको नयाँ म्यूजिक भिडियो “माया हे माया” सार्वजनिक भएको छ। चर्चित गायक राजेश पायल राईको स्वर रहेको यस भिडियोमा राम रुवालीको सब्द रहेको छ।

यस भिडियोमा शिखर र सन्तोसको संगीत , सुमन, राज , लक्ष्मीको क्यामेरा,बिक्रम याम्फू सह-क्यामेरा रहेको छ साथै भोगेन्द्र याम्फुद्वारा सम्पादन गरिएको यस भिडियोको कलाकारमा दिनेश कोइराला र दुर्गा सापकोटा रहेका छन्।

दर्जनौ सफल म्यूजिक भिडियो साथै “मिराज” , “झिल्के” , तथा “राम साईली” , जस्ता राम्रा फ़िल्म गरीसकेका मोडल दिनेश कोइरालाले उक्त म्यूजिक भिडियोमा पनि राम्रो अभिनय गरेका छन्। हेमन तामांगद्वारा निर्देशन गरिएको यस म्यूजिक भिडियो थाईल्याण्ड , नेपालको पोखरा जस्ता रमणीय ठाउँमा छायांकन गरिएको छ।

बाध्यताले बिदेश बसेको केटाले नेपालमा बसेकी प्रेमिकालाई सम्झदै गरेको कुरालाई समेटेर बनाइएको उक्त भिडीयोमा कलाकार दिनेशको निकै दमदार प्रस्तुति देख्न सकीन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.