काठमाण्डौं,माघ १ गते । रातो तारा डट कम,कर्मचारी समायोजन अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विप्लव नेतृत्वको नेकपा निकट कर्मचारी सङ्गठनले सर्वोच्च अदालतमा हिजो रिट दर्ता गरेको हो ।
राष्ट्रिय कर्मचारी महासङ्घ नेपालका महासचिव अमरसिंह ओलीले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । प्रशासन समूह र लेखा समूहका कर्मचारीहरूले पनि सर्वोच्चमा अध्यादेश विरुद्ध छुट्टाछुट्टै रिट दायर गरेका छन् ।
पुस १७ गते संसद्बाट ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ पारित भएपछि पक्ष र विपक्षमा बहस भइरको
छ ।
Post a Comment