Websoft University

विमान खरिदमा आफ्नो संलग्नता नरहेको देउवाको दाबी


काठमाण्डौं,माघ १ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको सभापति देउवाको तर्क छ । हिजो धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले आफूले मन्त्रीस्तरीय निर्णय पनि नगरेको दाबी गर्नुभयो ।

जानकारीविना केही भएको भए आफूलाई थाहा नभएको पनि उहाँले बताउनुभएको छ । नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय प्रधानमन्त्री देउवासँगै भएको बेला विमान खरिदका लागि रकम भुक्तानी भएको हालै सार्वजनिक भएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.