काठमाण्डौं,माघ १ गते । रातो तारा डट कम,सिन्धुलीको दुई सार्वजनिक स्थलमा फ्रि वाईफाई सेवा सुरु भएको छ । जिल्लाको कमलामाई नगरपालिकाको सहयोगमा सिन्धुली अस्पताल र सिन्धुली बस पार्कमा पहिलो पटक फ्रि वाइफाई सेवा सुरु भएको हो ।
सिन्धुली अस्पतालमा औपचारिक कार्यक्रमकै विच नगरप्रमुख खड्गबहादुर खत्रीले फ्रि वाइफाई सेवाको सुभारम्भ गर्नुभएको हो । अस्पतालमा उपचार लिन आउने विरामी, विमारीका आफन्त र बसपार्कमा बसको प्रतिक्षामा बस्ने यात्रुका लागि लक्षित गर्दै यस्तो सेवाको शुभारम्भ गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो ।
कहिले काँही मोवाइलमा ब्यालेन्स सकिएको अवस्थामा आफन्तलाई खबर गर्न र डाक्टरसंग सल्लाह लिन समेत फ्रि वाइफाइका माध्ययमबाट म्यासेन्जरमा कुरा गर्न सकिने भन्दै यस्तो व्यवस्थाले विरामी र विरामीका आफन्तलाई थप सहज हुने अपेक्षा गरिएको छ ।
कमलामाई नगरपालिका र नगर क्षेत्रका प्रमुख सार्वजनिक क्षेत्रलाई प्रविधि मैत्रि बनाउने नगरको योजना अनुसार पहिलो चरणमा अस्पताल र बसपार्क क्षेत्रमा फ्रि वाइफाइ जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो ।
अस्पतालमा फ्रि वाइफाई जडानले अस्पताको सेवा प्रवाह र सेवाग्राहीमा थप सहजता ल्याएको अस्पताल विकास समितिका अध्यक्ष प्रलादकुमार पोखरेलले बताउनुभयो । एक पटक वाइफाई कनेक्सन गरे ४५ मिनेटसम्म निरन्तर सञ्चालन हुने र थप समेत कनेक्सनका लागि पुन साइन आउट गरी कनेक्सन गर्न सकिने बताइएको छ ।

Post a Comment