Websoft University

थारु समुदायमा माघीको रौनक, आज देखि बढदै,

काठमाण्डौं,माघ १ गते । रातो तारा डट कम,थारु समुदायका नागरिकले आज माघ १ गतेलाई नयाँ वर्ष तथा उन्मुक्ति दिवसका रूपमा मनाउँदैछन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् ।

सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको माघी पर्वको अध्ययन अनुसन्धानमा लाग्नुभएका कृष्णराज सर्वहारीले बतापउनुभयो ।

माघीमा आफूभन्दा ठूलासँग आशीर्वाद लिई सानालाई आशीर्वाद दिने गरिन्छ, बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारु समुदायमा भएको सर्वहारीको भनाइ छ । २०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन चल्दै आएको थियो ।

यसैले यस पर्वलाई उन्मुक्तिको पर्वका रूपमा पनि मनाउने गरिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे थारु माघी महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको थारु कल्याणकारिणीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो ।

मगर समुदायले टुँडीखेलमा माघे सङ्क्रान्ति महोत्सव मनाउने गरी बुकिङ गरेपछि थारु समुदायको महोत्सव चावहिलको चुच्चेपाटी पुगेको महामन्त्री चौधरीले बताउनुभयो । उपत्यकासहित तराईका २२ जिल्लामा बसोबास गर्ने थारु समुदायले माघी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.