माइको दृश्य
काठमाण्डौं,माघ १ गते । रातो तारा डट कम,सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघ १ लाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति थारु समुदायहरुको माघी, मगर समुदायको पर्वका रूपमा आआफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ देशका बिभिन्न ठाउहरुमा मनाइँदैछ ।
नेवार समुदायमा ‘घ्युचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । संस्कृतिविद् सत्यमोहन जोशी नेवार समुदायले यो दिन विशेष पर्वको रूपमा लिने बताउनुहुन्छ । विहान चोखो भएर पहिले आफ्नो आमाको हातबाट तेल लगाउने गरिन्छ ।
यसरी आमाको हातबाट तेल लगाउँदा टाउको दुख्ने जस्ता विभिन्न रोगविरुद्ध लड्न सक्ने क्षमता हुने जनविश्वास रहेको जोशीले बताउनुभयो । तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएको लड्डुु विशेष परिकारको रूपमा लिइन्छ ।
घाममा बसेर तिलको लड्डु, ध्यू, चाकु, सख्खर, तरुल, हरियो लसुन, चिउरा खानाले रोगविरुद्ध लड्ने क्षमता हुने जनविश्वास रहिआएको छ । नवलपरासीको देवघाट, सुनसरीको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । यसरी माघी नुहाइसकेपछि तिलको सुकेको बुट्यानलाई बालेर आगो ताप्ने चलन पनि छ ।

Post a Comment