काठमाण्डौं,माघ १ गते । रातो तारा डट कम,सरकारसँग २० हजार ५ सय युवाले १० लाख रुपैयाँको सहुलियत ब्याजको ऋण माग्दै आवेदन दिएका छन् । आफ्नो व्यवासायिक योजनासहित विदेशबाट फर्किएका युवाले वैदेशिक रोजगार प्रबर्धन बोर्डमा आवेदन पेश गरेका हुन् ।
यो अनुसार ऋण लगानी गर्ने हो भने सरकारले बैंकबाट २० अर्ब रुपैया छुट्याउनुपर्नेछ । भौतिक रूपमै उपस्थित भएर १८ हजार ७ सय ३१ जनाले आवेदन दर्ता गरेका छन् भने झण्डै २ हजारले अनलाइनमार्फत आवेदन दिएका छन् ।
यो अवधिमा २० हजार युवाले आफ्नो उद्यम गर्ने योजनासहित ऋण माग गरेको वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सीआइएनलाई जानकारी दिनुभयो । सरकारले सार्वजनिक रूपमै यस्तो आवेदन खुला गरेको हिजोसम्म अन्तिम मिति तोकिएको थियो ।
Post a Comment