Websoft University

आफ्नो हक अधिकारका लागि उत्पीडित वर्ग आफै उठनुपर्छ – प्रचण्ड


काठमाण्डौं, माघ २ गते । रातो तारा डट कम,नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हक अधिकारका लागि उत्पीडित वर्ग आफै जागरुक हुनुपर्ने बताउनुभएको छ । ल्होसारको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैप्रचण्डले इतिहास संघर्षको उपज भएको बताउनुभयो ।
इतिहास बिन्तीपत्र चढाएर मात्र नपाइएको भन्दै अध्यक्ष प्रचण्डले त्यसका निम्ति जो उत्पीडिन, विभेद अन्यायमा परेका छन् उनीहरु आफै जागरुक हुन र अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको हक अधिकारलाई सुनिश्चित गर्नका लागि संविधान बाधक नबनेको भन्दै संविधान संशोधन र परिमार्जन गरेर हक अधिकारको सुनिश्चित गर्न सकिने दावी गर्नुभयो । आदिवासी जनजातिको सूचीकृत गर्दा घले समूदायमाथि अन्याय भएको भन्दै त्यसमाथि पुनर्विचार गरेर अगाडि बढ्नुपर्ने प्रचण्डको भनाइ थियो ।

 अध्यक्ष प्रचण्डले कसैलाई विभेदमा पारेर राष्ट्रिय एकता बलियो हुन नसक्ने भन्दै सबै जातिजाति, भाषाभाषी, क्षेत्र, वर्ग र समुदायको हक अधिकारलाई सुनिश्चित गरे मात्र राष्ट्रिय एकता बलियो हुने धारणा राख्नुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.