शिव भट्टराई सुनसरी पुस २८ गते । रातो तारा डट कम,भट्टराई कुलवंश प्रतिष्ठानलाई धार्मिक स्थलको रुपमा मात्र नभएर प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नुपर्नेस्डा बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपाल पार्टीका संयोजक डा। बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन् ।
दमक – ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको रजत महोत्सव समारोहलाई शुक्रवार सम्बोधन गर्दे भट्टराईले इतिहासदेखी नै मिलेर बस्दै आएका सबै जाति र धर्मबीच एकता रहिरहन आवश्यक रहेको बताए ।देशका सबै जाति र धर्मलाई अधिकार सम्पन्न गराउँन १० वर्षे जनयुद्ध लडेको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री भट्टराईले राजनीतिक परिवर्तन भएपनि देशलाई समृद्धिको दिशामा लैजान कठिनाई भईरहेको धारणा राखे । नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीले विगतमा राम्रो काम गरेपनि देशलाई समृद्धिको बाटोमा लैजान दुई ठुला पार्टीबाट सम्भव नरहेको बताए ।
भट्टराई कुलवंश प्रतिष्ठानलाई मठमन्दिर र धार्मिक स्थलको रुपमा मात्र नभएर जनतालाई रोजगारी प्राप्त हुने प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता एवम् सांसद् योगेश भट्टराईले वर्तमान सरकारले नै देशलाई समृद्धिको यात्रामा डोर्याउने दाबी गरे । वर्तमान सरकारले तत्काल परिणाम निकाल्न नसकेपनि विस्तारै यसको परिणाम देखिने उनको भनाई थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै गरिवी र अशिक्षालाई हटाउँदै विकासको गतिमा अघि बढाउने उनले दाबी गरे । कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथोकी , प्रदेश सांसद् कुलप्रसाद साम्बा लिम्बु, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतले मन्तव्य राखेका थिए । सुक्रबारदेखी सुरु भएको रजत महोत्सवको आज दोस्रो दिन बिभिन्न संस्कृतिक कार्यक्रम,कुल दर्शन , भजन कीर्तन गरिएको थियो भने यस महोत्सव पुस २९ गते सम्पन्न हुनेछ। महोत्सवमा देशभरका भट्टराई कुलवंशका प्रदेश, जिल्ला र नगर समितिका साथैँ वर्मा, आसाम, सिक्किम र बंगाल राज्य समितिबाट पनि सहभागी भएका छन् ।
बिं.सं. २०५० सालमा स्थापना भएको सो प्रतिष्ठानको ५ बिगाहा १२ धुर जग्गा रहेको छ । जसमा ४ बिगाहा क्षेत्रफलमा बृक्षरोपण गरिएको छ भने १ बिगाहा क्षेत्रफलमा मठमन्दिर, कार्यालय भवन लगायत रहेको प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिए ।
Post a Comment