Websoft University

सुगौली सन्धिमा गुमेको जमिन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन सुरु

काठमाण्डौं,पुस २८ गते । रातो तारा डट कम, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमिन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन सुरु गरेको छ ।

पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोका अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक परिसरबाट सुरु गरिएको अभियान आगामी चैत मसान्तसम्म जारी रहने तथा देशभित्र र बाहिरका स्थानबाट एक लाखभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिने बताईएको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सङ्कलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्रसंघका महासचिव, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, संयुक्त राज्य अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाइने जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.