बिराटनगर पुस २८ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिकामा आयोजना भएको दुई दिने पत्रकारिता सम्पन्न भएको छ । दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा सुन्दरहरैचाका विभिन्न वार्डका २५ जना भन्दा बढी युवाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा उपमेयर तमाङले पत्रकारिताको माध्यमबाट युवालाई आत्मनिर्भर बनाउन यस्तो तालिमले सहयोग गर्ने बताउनु भयो । उहाले स्वरोजगार बन्न तालीम लिए पछि पनि निरन्तर रुपमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्ने समेत आवश्यकता रहने बताउनु भयो ।
नागरिक समाज सुन्दरहरैचाका अध्यक्ष दधिराम ढुङ्गानाले यस्तो तालिमले सुन्दरहरैचाको बिकासमा युवाहरुले पनि स्थानिय रुपबाट समाचार लेख्न सकी यहाँको बिकासको कार्यहरु विभिन्न सञ्चार माध्यमको प्रयोगबाट सुन्दरहरैचाको पहिचान बढाउन सक्ने बताउनु भयो । उहाले यस तालिमले युवाहरुलाई साकारात्मक सोच पैदा गराउन मद्द्त गर्ने समेत बताउनु भएको थियो ।
दुई दिने पत्रकारिता तालिममा वरिष्ठ पत्रकार रमेश न्यौपानेले समाचार लेखन शैलीका साथै पत्रकारिताको बिषयमा सहभागी युवाहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
सञ्चारकर्मी शिव भट्राईले सुन्दरहरैचा क्षेत्रमा नयाँ पुस्ताका पत्रकारहरु अभाब भएका कारण युवाहरुमा प्रत्रकारीता प्रती रुची जगाउनु पर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धनमाया तमाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सभाध्यक्ष फरवार्ड मिडिया एण्ड रिसर्ज सेन्टरका अध्यक्ष विकल रेग्मीको रहेको थियो ।
फरवार्ड मिडिया एण्ड रिसर्ज सेन्टरको आयोजनामा र सुन्दरहरैचा नगरपालिकाको सहयोगमा भएको दुई दिने तालिममा युवाहरुको सहभागीता उल्लेख्य मात्रामा रहेको थियो ।
Post a Comment