Websoft University

अल्ट्रा धाविका मिरा राईको सम्मानमा ३६ किलोमिटरको चौँथो ट्रेल रेस भोजपुरमा हुने

{फायल फोटो}

काठमाण्डौं,माघ ६ गते । रातो तारा डट कम,भोजपुरको पुर्वी दक्षिणी सानोदुङका अल्ट्रा धाविका मिरा राईको सम्मानमा भोजपुरमा चौँथो भोजपुर ट्रेल रेस हुने भएको छ । अल्ट्रा धाविका राईको सम्मानमा भोजपुरबाट सानोदुम्मा र सानोदुम्माबाट भोजपुर ३६ किलोमिटरको चौथो ट्रेल रेस फ्रेवुअरी १६ मा हुने भएको हो ।

ट्रेल रेसमा युके, सिंगापुर, फ्रान्स, हंकङ्ग, दुई युरोपियनस् गरी ८ देशका खेलाडी सहभागी हुने भएको नेपाल ट्रेल मेनेजर प्रिती खत्रीले बताउनुभयो । रेसमा आठ देश संगै नेपालका तीन सय खेलाडी सहभागी हुने खत्रिले जानकारी दिनुभयो ।

चौँथो ट्रेल रेस मिरा राईको इच्छा अनुसार यो ट्रेल रेसलाई इन्टरनेश्नल व्राण्ड बनाउने, इन्टरनेश्नल खेलाडीलाई ल्याउने र भोजपुरमा पनि ट्रेल रेसको इन्टरनेश्नल स्तरीयका रेस गराउने उद्धेश्यका साथ रेसको आयोजना गरेको रिमाचुङ स्पोट्स् एजुकेशन एकेडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.