काठमाण्डौं,माघ ६ गते । रातो तारा डट कम,कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा कर्मचारी, न्यायपालिका, सेना र प्रहरी स्वतन्त्र रहने भएकाले उनीहरुमाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको छ ।
सभापति देउवाले सरकारबाट कर्मचारीमाथि अनावश्यक हस्तक्षेप भएको भन्दै यस बिरुद्ध सदनदेखि सडकसम्म जान बाध्य नपार्न चेतावनी दिनुभयो । सडकमा गएर मुलुकलाई ठप्प पार्न कांग्रेसले नचाहेको भन्दै सभापति देउवाले कर्मचारी माथिको थिचोमिचो भने नसहने धारणा राख्नुभयो ।
नेपाल निजामति कर्मचारी यूनियन(संघ) गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा पूर्वप्रधान मन्त्रीसमेत रहनुभएका देउवाले राजनीतिमुक्त कर्मचारीतन्त्र चाहिएको बताउनुभयो । स्वास्थ्य विधेयक, कर्मचारी समायोजन जस्ता नाममा हरेक क्षेत्रमा सरकारले हस्तक्षेप गरेको र कर्मचारी लगायत सेना, न्यायालय, प्रहरी पनि नियन्त्रण गरी पार्टीप्रति प्रतिबद्ध बनाउन खोजेको सभापति देउवाको आरोप थियो ।
कांग्रेस नेताका नामबाट खोलिएका स्वास्थ्य संस्थाको नाम हटाउनु प्रजातन्त्र सिध्याउने खेल रहेको भन्दै आफ्ना नेताको नाम सुन्न पनि अहिलेको सरकारलाई ‘एलर्जी’ भएको देउवाको टिप्पणी थियो । सरकारले प्रतिपक्ष र जनतालाई हेप्न थालेको भन्दै उहाँले यसविरुद्ध कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

Post a Comment