काठमाण्डौं,माघ ६ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
माघ ८ देखि ११ गतेसम्म हुने वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लाग्नुभएको हो ।
स्विट्जरल्यान्ड भ्रमण क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नुहुने छ । प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल माघ १२ स्वदेश फर्कने परारष्ट्र मन्त्रालयले जनाएको छ ।

Post a Comment