Websoft University

बालबालिकालाई न्यानो स्वेटर वितरण



काठमाण्र्डौ, माघ ६ गते । रातो तारा डट कम,सर्लाहीमा पूर्व विद्यार्थीले २ सय जना बालबालिकाका लागि स्वेटर वितरण गरेका छन् । जिल्लाको हरिवन १० सुखेपोखरी स्थित चर्तुभुजेश्वर जनता माध्यमिक विद्यालयबाट २०५२ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले सोही विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका बालबालिकाका लागि स्वेटर दिएका हुन् ।

आफुहरुले चर्चामा कमाउन नभई बालबालिकालाई नियमित विद्यालय आउन सजिलो होस भन्ने उदेश्यले न्यानो कपडा सहयोग गरेको पूर्व विद्यार्थी दर्शन लामाले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं हरिवन नगरप्रमुख गणेश प्रसाईंले विद्यार्थीले विद्यार्थीलाई नै सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताउनु भयो ।

उहाँले पुर्व विद्यार्थीको सहयोग हरिवन नगरपालिकालाई शैक्षिक हव बनाउनमा कोसेढुङ्गा सावित हुने भन्दै अरु पूर्व विद्यार्थीलाई पनि यसैगरी सहयोग गर्न आग्रह गर्र्नु भयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.