बिराटनगर, पौष ३० गते । रातो तारा डट कम,इलाका प्रहरी कार्यालय रानीले बरामद गरेको अन्दाजी १ लाख ९८ हजार ७ सय ७५ रुपैयाँ मूल्य बराबरको अवैध सामान भन्सार कार्यालय रानीमा बुझाएको छ ।
भन्सार छली गरी अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, स्टिलको भाँडावर्तन, महिला तथा पुरुषको कपडा, गाडीको पार्टस, साईकल लगायतका सामान शनिवार बरामद गरेको थियो ।
बरामद सामान आवश्यक कानूनी प्रकृया पश्चात कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Post a Comment