Websoft University

घुरबाट आगलागी २ लाखको क्षति

बिराटनगर, पौष ३० गते । रातो तारा डट कम,
मोरङको जहदा गाउँपालिका-३ बस्ने मंगल साहको गोठमा गएराती आगलागी हुँदा अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको  छ ।

राती साढे १२ बजेको समयमा टिनको छानो भएको १ तले गोठमा बालेको घुरबाट अचानक आगलागी हुँदा गोठमा भएको काठपात र अन्नपात जलेर नष्ट भएको  छ ।

उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको  वडा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.