Websoft University

दुई स्थानमा आगलागी, साढे ११ लाख बराबरको क्षति


विराटनगर, माघ १३ गते । झापाको दुई स्थानमा शनिवार र आइतवार भएको आगलागीबाट अन्दाजी साढे ११ लाख मूल्य बराबरको क्षति भएको छ । शनिवार साँझ झापाको कन्काई नगरपालिका-४ बस्ने लङक बहादुर खड्काको फुसको छानो, टाटी बेरा लगाएको १ तले घरमा आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट खड्काको घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ वटा कुखुरा जलेर नष्ट भएको हो । उक्त आगलागी इलाका प्रहरी कर्यालय सुरुङगा र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको हो भने आगलागीको कारण भने खुल्न नसकेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी झापाकै गौरादह नगरपालिका-बैगुनधारा-९ बस्ने टेक बहादुर खनालको ग्वाली घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा अन्दाजी ९ लाख मूल्य बराबरको क्षति भएको छ । आइतवार बिहान ४ बजे भएको उक्त आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको १ तले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, २ मन तोरी, ४ वटा चौपाया, फर्निचरको सामान र भाडाबर्तन जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरी चौकी महाभाराले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.