Websoft University

लागु औषध सहित २ भारतीय पक्राउ

सुनसरी, पौष २७ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-४ सर्दु खोलाबाट लागु औषध डाईलक्स डि.सी. र स्पास्मोप्रोक्सिवन ट्याव्लेट सहित २ जना भारतीय नागरीक पक्राउ परेका छन् ।

बिशेष सुराकीले दिएको गोप्य सुचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को २० प ८०९८ नम्बरको मोटरसाईकलमा सवार भारतको अररिया जिल्ला बेला ग्राम पञ्चायत-९ का २० बर्षीय सहादत मन्सुरी र १८ बर्षीय रिजवन अन्सारीलाई १५ बोतल डाईलक्स डि.सी. र २८८ ट्याब्लेट स्पास्मोप्रोक्सिवन सहित पक्राउ गरेको हो ।

लागु औषध सहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.