Websoft University

धार्मिक संग्राहलय बनाउन महायज्ञ


मोरङ-बेलवारी  पौष २७ गते । रातो तारा डट कम,मोरङको लेटाङ बजार स्थीत रहेको श्री शिवालय मन्दीरमा भौतिक निर्माण साथ साथै धार्मिक संग्राहलय निमार्ण गर्ने उदेश्यका साथ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञतथा धान्यांचल हुने भएको छ ।

 शुक्रवार मन्दिर परिसर भित्रै पत्रकार सम्मेलनको आयोजना गरी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यहि माघ १९ गते देखी २६ गते सम्म लाग्ने उक्त महायज्ञमा प्रमुख वाचकका रुपमा बराह क्षेत्र धामका पंडित योगेश भण्डारी र उपवाचकका रुपमा पंडित श्याम पौड्याल रहने मन्दिर वयवस्थापन समितिका अध्यक्ष ओम प्रकास श्रेष्ठले बताए ।

शुक्रवारनै महाज्ञय संचालनका लागी १५१ सदस्य आयोजक समिति समेत निमार्ण गरीएको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार महायज्ञ बाट २५ लाख आार्थीक संकलन गर्ने उदेश्य रहेको बताए । संकलीत रकम बाट निर्माणाधिन सामुदायीक भवन पुरा गर्ने र अतिथि सदन निर्माण साथसाथै धार्मिक संग्रूाहलय समेत बनाउने गुरुयोजना रहेको अध्यक्ष ओम प्रकास श्रेष्ठले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.