Websoft University

मोवायलको ब्याट्री पड्कदा एकको मृत्यु एक घाईते-घाइतेको उपचार नि:शुल्क र मृृतक परिवारलाई परदेश सरकारले रू १ लाख दिने

मोरङ, पौष २७ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१५ बस्ने सुभाष मण्डलको ११ बर्षीय छोरा अमित मण्डलको मोवायलको ब्याट्री पड्कदा मृत्यु भएको छ भने सोही स्थानका राजेश मण्डलको ६ बर्षीया छोरी राधिका मण्डल घाईते भएकी छन् ।

आज दिउँसो १३:०० बजेको समयमा दुवै जना बालबालिकाहरु घर नजिकै परालको आगो तापीरहेको र आगो ताप्ने क्रममा उनीहरुले नै बाटोमा भेट्टाएको मोवायलको ब्याट्री आगोमा हाल्दा पड्कन गई दुवै जना गम्भीर घाईते भएका थिए ।

घाईतेहरुलाई उपचारको लागि तत्काल कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैैैैगरी  घाइतेको उपचार नि:शुल्क र मृृतक परिवारलाई परदेश  सरकारले रू १ लाख दिने निर्णय गरेकोछ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.