Websoft University

बस र कार ठोक्किदा २ जना गम्भीर घाईते

झापा, पौष २७ गते । रातो तारा डट कम,झापाको कमल गाउँपालिका-४ ज्योतीचोकमा भएको सवारी दुर्घटनामा परी २ जना गम्भीर घाईते भएका छन् ।

आज बिहान ७ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०७ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको मे १ च १६८१ नम्बरको कार एक आपसमा ठक्कर खाँदा कारमा सवार कार चालक ईलामको फाकफोकथुम गाउँपालिका-१ का २३ बर्षीय अमृत खड्गा र सोही कारमा सवार पाँचथरका भिम बहादुर बुढाथाकी गम्भीर घाईते भएका हुन् ।

घाईतेहरुलाई उपचारको लागि तत्काल लाईफ लाईन अस्पताल दमक लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटना भएका कार, बस र बस चालक ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.