Websoft University

कृषि योग्य जमिनको कित्ताकाट गर्न पाइनेछैन, भने मापण्ड पुगेका जमिनको किता काट हुनेछ


काठमाण्डौं, पुस २८ गते । रातो तारा डट कम, नेपाल सरकारले करिब डेढ वर्षदेखि रोकिराखेको जग्गाको कित्ताकाट खुला गरेकोछ । गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट २७ गतेबाट खुला भएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरी जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिनुभयो । घरव्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि पुरानो निर्णयमा पुनर्विचार गरिएको उहाँको भनाइ छ ।

मन्त्री अर्यालले कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने बताउनुभयो । खेतियोग्य जमिन भए नभएको सुनिश्चित स्थानीय तहले गर्नेछन् । त्यसका लागि स्थानीय तहमा प्राविधिक जनशक्ति पठाइने मन्त्री अर्यालको भनाइ छ ।

कित्ताकाट खुला गर्ने निर्णय अस्थायी भएको सरकारको भनाइछ । मन्त्री अर्यालले मापदण्ड विपरित कित्ताकाट गर्नेलाई भने कारबाही गर्ने चेतावनी दिनु भएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.