{फायल फोटो}
काठमाण्डौं, पुस २८ गते । रातो तारा डट कम,माघ महिना नजिकिदै जादा रौतहटका थारु समुदाय माघी पर्व मनाउने तयारीमा जुटेका छन् । थारु समुदायको जमघट, रमाइलो र मिठा परिकारहरुको खानपान सहित मनाइने माघी पर्वले थारु समुदायको एकता र संस्कृतिलाई पनि उजागर गर्ने गरेको छ ।
माघीमा विशेष परिकारका रुपमा खाइने घोघी खोज्न विभिन्न पोखरी र तालहरुमा थारु समुदायका मानिसहरु पुग्ने गरेका छन् । संकलन गरिएको घोघी विशेष गरी माघीको दिन खिचडी संग खाइने थारु परम्परा रहेको माघी महोत्सव व्यवस्थापन समितिका अध्यक्ष रामफुल चौधरीले बताउनुभयो ।
खास गरि माघीमा खिचडी, घोघीका परिकारहरु बनाइने र घरमा आउने पाहुनाहरुलाई खुवाउने चलन रहेको छ । आत्मियताको पर्वको रुपमा मनाइने माघी पर्वमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुको पनि आयोजना गरिदै आएको छ ।
रौतहटको चन्द्रपुर ८ मा ३ दिनका लागी माघी महोत्सव लगाउने तयारी रहेको थारु कल्याणकारी सभा रौतहटका कार्यबाहक अध्यक्ष रामआश्रय चौधरीले जानकारी दिनु भएको छ ।
Post a Comment