Websoft University

फोरजी सेवा विस्तार गर्न भन्दै नेपाल टेलिकमले गलत मनसायले टेन्डर प्रक्रिया अगि बढाएको भन्दै सर्वत्र बिरोध हुन थाल्यो

काठमाण्डौं,माघ १४ गते । रातो तारा डट कम,फोरजी सेवा विस्तार गर्न भन्दै नेपाल टेलिकमले अघि बढाएको टेन्डर प्रक्रियामाथि सांसदहरूले प्रश्न उठाएका छन् । संसदको अर्थ समितिको आजको बैठकमा सांसदहरूले २÷४ अर्बमै सकिने कामलाई १८ अर्ब खर्चिएर नयाँ परियोजना अघि बढाइनुको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।

सांसद रामकुमारी झाँक्रीले टेन्डर प्रक्रियामा धेरै आशङ्का रहेको बताउनुभयो । सत्तारुढ सांसद मेटमणि चौधरीले पनि टेलिकमको यो परियोजना पारदर्शी नभएको आरोप लगाउनुभयो । अहिलेकै प्रविधिमा स्तरोन्नति गर्दा हुने काममा अर्बौ खर्च नगर्नु सही नियत नभएको उहाँको भनाइ छ ।

कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने परियोजना रोक्नेतिर सांसदले कुनै पनि कदम चाल्न नहुने धारणा राख्नुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.