संखुवासभा, पौष २९ गते । रातो तारा डट कम,संखुवासभाको सिलिचोङ गाउँपालिका-१ हाईङला भन्ने ठाउँमा शबनिवार आगलागी हुँदा अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको छ ।
आगलागीबाट सोही स्थान बस्ने तिलक बहादुर राईको घरमा बालेको चुल्होबाट अचानक आगलागी हुँदा राईको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ ।
बिहान साढे ८ बजे भएको उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय संखुवासभआले जनाएको छ ।
Post a Comment