Websoft University

कक्षा–४ सम्मको पाठ्यपुस्तक निजी प्रेसलाई छाप्न दिने निर्णय



काठमाण्डौं,पुस ३  गते । रातो तारा डट कम,शिक्षा मन्त्रालयले आउँदो शैक्षिकसत्रका लागि कक्षा–१ देखि कक्षा–४ सम्मको पुस्तक निजी प्रेसलाई छाप्न दिने निर्णय गरेको छ । गत वर्ष कक्षा–५ सम्मको पाठ्यपुस्तक निजी प्रेसलाई छाप्न दिएको मन्त्रालयले आउँदो वर्षदेखि भने कक्षा–४ सम्मको मात्र पाठ्यपुस्तक छाप्न दिने निर्णय गरेको हो ।

निजी प्रेसले नेपाली, अंग्रेजी, विज्ञान, स्वास्थ्य तथा शारीरिक र सामाजिक गरी ५ विषयका पाठ्यपुस्तकमात्र छाप्न पाउनेछन् । मन्त्रालयको निर्णयअनुसार निजी प्रेसलाई सूची दर्ता गराउन सूचना जारी गरिएको र यसका लागि १५ दिनको समय दिइएको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका महानिर्देशक लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

जनकशिक्षा सामग्री केन्द्रले वर्षेनी पाठ्यपुस्तक छाप्ने गरेकामा समयमा पाठ्यपुस्तक नपुगेका कारण सरकारले निजी प्रेसलाई पनि पाठ्यपुस्तक छाप्न दिने निर्णय गरेको महानिर्देशक पौडेलले बताउनुभयो । फागुन १ गतेदेखि पठनपाठन हुने विद्यालयमा माघ १५ गतेसम्म र वैशाखदेखि पढाइ सुरु हुने विद्यालयमा चैत १५ गतेसम्म पाठ्यपुस्तक पुगिसक्नु पर्ने प्रावधान छ ।

तर, सरकारले निजी प्रेसलाई छाप्न दिने निर्णय बल्ल गरेका कारण समयमा पुस्तक पु¥याउन आगामी वर्ष पनि चुनौती देखिएको छ । केन्द्रसँग ७ करोड पाठ्यपुस्तक छाप्ने क्षमता रहेपनि सरकारले किन निजी क्षेत्रलाई छाप्न दिएको बारे आफुलाई थाहा नभएको जनकशिक्षा सामाग्री केन्द्रका प्रमुख महेश तिमल्सिनाले बताउनुभयो । कक्षा–५ देखि १२ सम्मको पाठ्यपुस्तक भने जनकशिक्षा सामग्री केन्द्रले नै छाप्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.