Websoft University

काठमाडौंलाई हराउँदै ललितपुर इपीएल क्रिकेटको फाइनलमा




काठमाण्डौं,पुस ३  गते । रातो तारा डट कम,किंग्स–११ लाई हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा ललितपुरले काठमाडौंमाथि १ विकेटको झिनो जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १०९ रनको लक्ष्य ललितपुरले खेलको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेल सकिन एक बल बाँकी छँदा अलआउट हुनुपूर्व १०८ रन जोडेको थियो ।

जितसँगै ललितपुर इपीएल क्रिकेटको तेस्रो संस्करणको फाइनलमा प्रवेश गर्दा पराजित टोली काठमाडौंले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । भोलि हुने भैरहवा ग्ल्याडिएटर्स र चितवन टाइगर्सबीचको विजेतासँग काठमाडौंले दोस्रो क्वालिफायार खेल्नेछ । जारी प्रतियोगितामा ललितपुरसँग काठमाडौंको यो लगातार दोस्रो हार हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.