Websoft University

अध्यक्षहरूले कुराएर अपमान गरेको भन्दै उनीहरू बैठकस्थलबाट नेताहरू बाहिरिए


काठमाण्डौं,मंसिर २२ गते । रातो तारा डट कम, नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले कुराएको भन्दै नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठल बालुवाटारबाट बाहिरिएका छन्।

शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्ने समय तय गरिएको थियो। तर दुई अध्यक्ष ओली र प्रचण्डले बैठकमा आफूहरूलाई कुराएको भन्दै चार नेता नेपाल, खनाल, गौतम र श्रेष्ठ बैठकस्थलबाट बाहिरिएका छन्।

उनीहरूले आफूलाई बैठकमा अध्यक्षहरूले कुराएर अपमान गरेको भन्दै उनीहरू बैठकस्थलबाट बाहिरिएका हुन्। नौ सदस्यीस रहेको नेकपाको सचिवालयका चार सदस्यहरू बैठकस्थलबाट बाहिरिएपछि शनिबार बस्ने भनिएको बैठक नबस्ने सम्भावना बढेको छ। नेताहरू बाहिरिएपछि बैठकबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.