Websoft University

सरसफाई तथा जनचेतना मूलक कार्यक्रम


झापा, मंसिर २३ गते । रातो तारा डट कम,समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय अनारमनी झापाले सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरेको छ । शनिबार प्रहरीले झापाको अर्जुनधारा नगरपालिका अन्तर्गतमा रहेको धार्मिक स्थल अर्जुनधारा जलेश्वर मन्दिरमा धार्मिक परम्परा अनुसार बालचतुर्दशी मेलामा मन्दिरको परिसरमा सरसफाई कार्यक्रममको आयोजना गरेको थियो । 

उक्त मेलामा आफ्ना स्वर्गवासी आमा बुवाको सम्झनामा छरेका सदबिउ लगायत धर्मका अपेक्षा बोकी आएका श्रद्धालुहरुबाट मन्दिर परिसर तथा वरीपरी भएका फोहोरलाई व्यवस्थित गर्न उक्त कार्यक्रमको आयोजना गरिको हो ।  

कार्यक्रममा ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख, अर्जुनधारा जलेश्वर धाम मन्दिरको समिति, स्थानीय भद्र-भलाद्मी, नागरिक समाज, जन प्रतिनिधीहरु, पत्रकार लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको 
थियो । त्यसैगरी समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत झापा अर्जुनधारा नगरपालिका शनिश्चरे बजारमा
महिला हिंसा न्यूनिकरण र साईवर क्राईम सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ । 

इलाका प्रहरी कार्यालय अनारमनी र बिभिन्न महिला संघ संस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । कार्यक्रममा स्थानीय भद्र- भलाद्मी, नागरिक समाज, जन प्रतिनिधीहरु, पत्रकार लगायत अन्दाजी १५० जनाको उपस्थिती रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.