Websoft University

बनभोज खाने क्रममा १ जनाको मृत्यु


ईलाम, मंसिर २३   गते । रातो तारा डट कम, ईलामको सुर्योदय नगरपालिका-७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका-७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज कार्यक्रममा बनभोज खाने क्रममा सर्किएर सोही सहकारीका कर्मचारी सोही स्थान बस्ने बर्ष ४५ को उदयमान चौधरी बिरामी परेका थिए ।

साँझ ५ बजेको समयमा खाना सर्किएर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारको लागि बिर्तामोड स्थित वि.एण्ड.सी. अस्पताल पठाईएकोमाउपचारको क्रममा सोही अस्पतालमा साँझ ६:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

मृतकको शव इलाका प्रहरी कार्यालय अनारमनीसंग समन्वय गरी कानूनी प्रकृया पश्चात पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.