Websoft University

पौडेल वंश प्रतिष्ठानको नवहा पुराण आज देखि सुरु


बिराटनगर मंसिर २६ गते । रातो तारा डट कम,मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं-७ स्थित ठडियामा आज देखि नवहा पुराण सुरु भएको छ।पौडेल बंश प्रतिष्ठानले आयोजना गरेको यस नवहा पुराणमा आज मंसिर २६ गते बुधबार १० बजे कलश सोभा यात्रा गरी दिउँसो २ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबू पण्डितद्वारा उद्घाटन भएको छ।

उद्घाटनको क्रममा बोल्दै प्रमुख अतिथि लाल बाबू पण्डितले शेस नारायण धाम सामुदायिक भवनको लागि पचास लाख , शिव पञ्चायन मन्दिरको निम्ति पचीस लाख , गछिया खोला नियन्त्रणका लागि पचास लाख ,बूढीखोला नियन्त्रणका लागि पचास लाख त्यसैगरी बिभिन्न धार्मिक , सामाजिक , विकास निर्माणका बिभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको र यस पुराण आयोजक समितिले पनि विस्तृत प्रस्ताब ल्याएमा सहयोग गर्न  गराउन तयार रहेको साथै हिन्दू धर्मको सधैव रक्षा गर्ने कुरा बताउनु भएको छ।


नवहा पुराणका कथा वाचक भने आचार्य छन्दूराम भण्डारी ज्युको मुखराविन्दबाट श्रीराम कथा वाचक हुदै गरेको साथमा उपवाचक पण्डीत नारद घिमिरे , श्रीमद भागवत पाठ पारायण पण्डीत चन्द्र प्रसाद बरालद्वारा हुदै गरेको पुराण मुल समारोह संयोजक बिजय पौडेलले बताउनु भएको छ भने भोली देखि पुराण अवधीभर निशुल्क योग शिविर संचालन हुने कुरा आयोजक समितिले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.