Websoft University

छानविन रिपोर्ट आएपछि मात्र तेल चोरीको प्रर्दाफास हुने


बिराटनगर,मंसिर १९ गते । रातो तारा डट कम,नेपाल आयल निगम लि,१ नम्वर प्रदेश कार्यलय बिराटनगरका कार्यलय प्रमुख दिनेश कुमार यादवले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर यही मंसिर ६ को १ ख ५९६५ बाट २४८४ लिटर डिजल हराएको बारेमा जानकारी गराएका छन ।

,,नेपाल आयल निगमको तेलको खेल प्रकरण आजको मात्र होइन,यिनै दिनेश कुमार यादव बसेका जति ठाउमा यस्ता तेलका खेल नभएका पनि होइनन् उतातिर नजाउ, सरकारले तेलको व्यापारमा एकाधिकार गरेर तेलको भाउ बढाउदा उपभोक्क्तालाई ढाड सेक्ने गरि बढाउने अनि घटायो भने १ र २ रुपैया घटाउने काम गर्दै, उपभोक्ता ढ्ग्ने काम गरिरहुनजेल यस्ता तेल काण्डका प्रकरण चलिरहने छन ।,,



निगमको डिजल हराएको थाहा भए पछि टैकर धनी चालक चाबी जिम्मा लिने व्याक्ती समेतलाई २४ घण्टे स्पस्टीकरण लिएर ६ महिना सम्म चालकल धमेन्द्र स्वर्णकारलाई निलम्वन टैकरले सोहि मिति सम्म चालक र टैकर मालिक आयल निगम भित्र प्रबेश निषेध, तेल ढुवानी गर्न नपाउने गरि दण्ड र टैकर मालिक सुखदेव र्सिह लाई २४८४ लिटर डिजलको सोहि दिनको मुल्यको दोवर मुल्य रु ४ लाख ९३ हजार ९१८ आयल निगमाको खातामा तु  जमा गर्ने गरि जरिवाना समेत गरि सकेको र जिजबाट रकम जम्म भइसकेको पत्रकार सम्मेलनमा दिनेश यादवले जानकारी गराए ।

अन्त्यमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा दिनेस कुमार यादवले टेक्नीकल कुरा भएकाले अनुसन्धान भइरहेको बताउदै,कार्यलय परिसरमा निमार्ण सुधारका कामहरु भइृरहेको र पार्किङ्ग जग्गा खोजेर व्यावस्थित गर्न लागेको कुरा जानकारी गराए तर सहि कुरा भने भन्नै चाहेनन् बरु निगमको केन्द्रिय कार्यलयकी उप निर्देशक अन्जना पोखरेल,समेत ३ जनाको टोलिले छानबिन गरि मंसिर १४ काठमाण्डौं गएको र यहि बिषयमा सि आइ बी ले पनि छानविन गरिरहेको बताए । तर डिजल चाबि लगाएको ठाउबाट चोरिएको थिएन रे जव सम्म छाविन रिपोर्ट आउदैन तव सम्म सहिकुरा बाहिर नआउने वा तेल चोरीको प्रर्दाफास नहुने बुइिायो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.