Websoft University

आगलागीबाट साढे ९ लाख बढी क्षति

{फायल फोटो}
खोटाङ, मोरङ, मंसिर १७ गते । रातो तारा डट कम,खोटाङ र मोरङ जिल्लामा आइतवार भएको आगलागीबाट अन्दाजी ९ लाख ५७ हजार मूल्य बराबरको क्षति भएको छ । खोटाङको रावावेशी गाउँपालिका-२ बस्ने ईश्वर बहादुर मगर र लोक बहादुर मगरको २ तले घरमा आगलागी हुँदा अन्दाजी ५ लाख ५७ हजार मूल्य बराबरको क्षति भएको छ ।

आइतवार राती ८ बजेको समयमा २ वटा कोठामा छुट्टिएर बसेका दाजुभाईको घरमा ईश्वर बहादुर मगरको
कोठामा खाना पकाउने क्रममा अचानक आगलागी हुँदा फुसको घर, लत्ता-कपडा, अन्नपात र नगद ५१ हजार जलेर नष्ट भएको छ । आगलागी भएको जानकारी पाउनासाथ तत्काल अस्थाई प्रहरी चौकी खार्पाबाट प्रहरीको टोली खटि गई स्थानीयबासीको सहयोगमा उक्त आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका-६ झपडतालमा गए राती भरत ताजपुरीयाको घरमा आगलागी हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ । राती सवा २ बजेको समयमा ताजपुरियाको फुसको छानो  भएको १ तले गाई गोठमा सिटी सफारी चार्ज गर्ने क्रममा बिजुलीको तार सर्ट भई आगलागी भएकोथियो ।

आगलागीबाट गाई गोठ र सिटी सफारी पूर्ण रुपमा जलेर नष्ट भएको छ भने ३ वटा चौपाया जलेर सामान्य क्षति भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान सवा ३ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.