Websoft University

३ लाख मूल्य बराबरको धनमाल चोरी


झापा, मंसिर २१  गते । रातो तारा डट कम,झापाको शिवसताक्षी नगरपालिका-९ शिवचोक स्थित केशब प्रसाद ढुंगानाको घरमा बुधबार राती चोरी भएको छ ।

ढुंगाना लगायत घरका सबै सदस्य सत्ताक्षीधाम पुराणमा गएको अवस्थामा घरको छतको ढोका फोडेर भित्र रहेको सुनको गहना ४ तोला ६ आना, झर्के थाल-६ थान, नगद २९ हजार, १ हजार मूल्य बराबरको रिचार्ज कार्डसहित अन्दाजी ३ लाख बराबरको धनमाल चोरी भएको हो।

पुराणबाट आज बिहान ढुंगानाको परिवार घर आउनासाथ चोरी भएको थाहा पाए पछि तत्काल ईलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली परिचालन भई घटनाबारे अनुसन्धान तथा चोरीमा संलग्नहरुको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.